दफा २६
विशेषज्ञ वा कर्मचारीलाई काममा लगाउन सकिने
यस ऐन अन्तर्गतको अनुसन्धान तथा तहकिकात सम्बन्धी काम कारवाहीको सम्बन्धमा विभागले विशेषज्ञको राय लिन वा कुनै विशेषज्ञ वा अन्य कर्मचारीलाई काजमा लिई काममा लगाउन सक्नेछ ।